Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढीमा एकैदिन 'वाईवाई एसईई आइडल'का तीनवटा अडिसन सम्पन्न

कैलाली । सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता वाईवाई एसईई आइडलको आज धनगढीमा तीनवटा अडिसन सम्पन्न भएका छन् ।

प्रभात मिडिया एण्ड इभेन्ट प्रा.लिले आयोजना गरेको आइडलको दोस्रो, तेस्रो र चौथो अडिसन क्रमश चैतन्य पाठशाला, धनगढी मावि र ग्ली एकेडेमीमा सम्पन्न भएको हो । कार्यक्रमका संयोजक गुणाकर पनेरुका अनुसार यस अघि धनगढीकै हिल वर्ड ई. बो. स्कूलमा पहिलो अडिसन समापन्न भइसकेको छ ।

सुदूरपश्चिमका कुना काप्चामा लुकेर रहेका नृत्य र गायन प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताका २५ वटा अडिसनहरू वि.सं. २०८० को ज्येष्ठ महिनासम्म सुपका ९ जिल्लामा आयोजना हुनेछन् । अडिसनमा सहभागी नृत्यहरू मध्ये उत्कृष्ट २० र गायन प्रस्तुति मध्ये उत्कृष्ट १० प्रस्तुतिलाई २०८० असार २ मा धनगढीमा हुने फाइनलमा समावेश गरिनेछ ।

नृत्य तर्फको विजेता र उपविजेताले नगद पुरस्कार क्रमशः ५० हजार र २५ हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछन् भने गायन तर्फको विजेता र उप-विजेताले नगद पुरस्कार क्रमशः २० हजार र १० हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर हात पाउनेछन् ।

साथै दुवै विधाका विजेता र उप(विजेताहरूले कक्षा ११ मा छात्रवृत्ति पनि पाउनेछन् । यस कार्यक्रममा एसपिए र रेडिकल एकेडेमीको पनि सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077