Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सागर ढकाल भन्छन् - अब बानेश्वरबाट म प्रतिपक्षीको भूमिका खेल्छु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग डडेल्धुराबाट प्रतिनिधि सभाको चुनावमा लडेका सागर ढकालले संसद प्रतिपक्षविहीन भएकाले आफूले बानेश्वरबाट प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।

बुधबार सामाजिक सञ्जालमा संसद भवन बानेश्वरलाई पृष्ठभूमिमा राखेर भिडिओ सार्वजनिक गर्दै ढकालले यस्तो बताएका हुन् ।

उनले मन्त्रिपरिषद् विस्तारलगायत विषयमा आफ्ना धारणा राखेका छन्। अहिलेको मन्त्रिपरिषदमा ९० प्रतिशत सदस्यहरू पुराना भए पनि १० प्रतिशतबाट आफूले केही नयाँ काम हुने आशा गरेको बताए।

रवि लामिछानेलाई शंकाको सुविधा दिएको उल्लेख गर्दै उनले राजेन्द्र लिङ्देन ऊर्जा मन्त्री हुनु गलत भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077