Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसएसपी कार्कीले सम्हाले प्रहरी परिसर काठमाडौंको कमाण्ड

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दान बहादुर कार्कीले सम्हालेका छन् ।

काठमाडौंका तत्कालीन प्रहरी प्रमुख एसएसपी भरत बहादुर बोहराको सरुवा गर्दै प्रहरी प्रधान कार्यालयले उनको ठाउँमा कार्कीलाई पठाएको हो ।

एसएसपी कार्कीले बुधवारदेखि नै जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेका हुन् ।

एसएसपी कार्कीलाई प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका छन् ।

प्रमुखको पदभार ग्रहण गरेका एसएसपी कार्कीले कार्यालय मातहतका वृत्त, प्रभाग प्रमुखहरुलाई व्यवसायिक निर्देशन दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077