Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सरकार बाहिर रहेका दलसँग सभामुखबारे छलफल गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवार उठाउने भएपछि सरकार बाहिर रहेका दलहरुसँग छलफल गर्दैछ । कांग्रेसले सभामुखमा सरिता न्यौपानेलाई अघि सारेसँगै सरकार बाहिर रहेका दलहरुसँग छलफलमा जुटेको हो ।

कांग्रेसले छलफलका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो संसदीय दलको कार्यालयमा बोलाएको छ ।

कांग्रेसले सभामुखमा आफ्नो उम्मेदवार उठाउने र उपसभामुखमा सरकारमा सहभागी नभएका कुनै दलका उम्मेदवारलाई समर्थन गर्ने तयारी गरेको छ । सरकारमा सहभागी नभएका दलहरुलाई बैठकमा बोलाएको र उनीहरुको छलफलबाट उपसभामुखको उम्मेदवार तय गर्ने छ ।

प्रतिनिधि सभामा कांग्रेसका ८९, जसपाका १२, एकीकृत समाजवादीका १० र लोसपाका ४ जना सांसद छन्। सरकारलाई गत पुस २६ गते समर्थन गरेका यी दल सरकारमा भने सहभागी भएका छैनन्।

कांग्रेसको बुधबार नै बसेको पदाधिकारी बैठकले अन्य दलहरूको समर्थन जुटाएर सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको थियो। सभामुखका लागि आज दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय छ भने बिहीबार निर्वाचन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077