Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सभामुखमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले अन्य सहयोगी दलको सहयोगमा सभामुखको उम्मेदवार उठाउने भएको छ ।

बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

कांग्रेसले सभामुखको उम्मेदवार टुंग्याउनुअघि अरु दलसँग पनि छलफल गर्ने पार्टी प्रवक्ता प्रकाशशरण महतले बताए । धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अरु दलसँग छलफल गरेर उम्मेवारी दर्ता गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले बताए ।

उनले भने, ‘कुन-कुन दलको समर्थन लिन सकिन्छ भनेर हामी छलफल गर्छौं । उम्मेदवारको विषयमा आन्तरिक कुराकानी भइरहेको छ ।’

समग्र समझदारी बन्ने अवस्था आए आफ्नो पार्टीले उम्मेदवार नउठाउने भन्दै उनले त्यो अवस्था नआए भूमिकाविहिन भएर कांग्रेस नबस्ने बताए ।

प्रवक्ता महतले मंगलबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले पनि सहमतिबाट कसरी अघि बढ्न सकिन्छ भनेर प्रस्ताव गरेको भन्दै सभामुखको उम्मेदवारी दिने सवालमा अझै केही समय पर्खिने बताए ।

पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077