Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

यती विमान दुर्घटना : प्रक्रिया पुर्‍याएर शव आफन्तलाई बुझाइँदै, एकजना अझै वेपत्ता

काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएकामध्ये ४८ जनाको शव काठमाडौं ल्याइएको छ । अरू शव पहिचान गरी पोखराबाटै आफन्तलाई बुझाइँदैछ ।

काठमाडौंबाट ६८ यात्रु र चालकदलका चार सदस्य लिएर पोखराका लागि उडेको विमान धावनमार्गनजिकै सेती नदीको खोँचमा खसेको थियो।

मंगलबार साँझसम्म ७१ जनाको शव भेटिए पनि अझै एक जना हराइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मंगलबार दिउँसो थप एक महिलाको शव भेटिएको थियो ।

सेती नदीको पानीलाई याम्दीको पुलबाट सिँचाइका लागि बनाइएको नहरमा हालिएपछि पानी घटेको हो । विमानमा चार जना चालक दलका सदस्य सहित ५३ जना नेपाली र बाँकी १५ जना विदेशी यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077