Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सभामुखबारे निर्णय लिन कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । सभामुखको उम्मेदवारीबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

बुधबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक बस्न लागेको हो । कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्नेबारे निर्णय गरेको छैन ।

आज बस्ने बैठकले यसबारे निर्णय गर्नेछ । मंगलबार बसेको सर्वदलीय बैठकमा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई राष्ट्रपति र सभामुखमा सहमति गरेर जान प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्रीको प्रस्तावको जवाफमा बैठकमा उपस्थित कांग्रेसका नेताहरुले यसबारे छलफल गर्न आफूहरु तयार रहेको बताएका थिए । माघ ५ गते बिहीबार सभामुखको निर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077