Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाली कांग्रेसले भन्यो - राष्ट्रपति, सभामुखजस्ता पदका लागि छलफल गर्न तयार छौं

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख उपसभामुखजस्ता पदका लागि छलफल गर्न तयार रहेको बताएको छ ।

प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई राष्ट्रपति र सभामुखमा सहमति गरेर जान प्रस्ताव राखेका छन् । सो प्रस्ताव नेपाली कांग्रेसले स्वीकार गरेको हो ।

प्रधानमन्त्रीको प्रस्तावको जवाफमा बैठकमा उपस्थित कांग्रेसका नेताहरुले यसबारे छलफल गर्न आफूहरु तयार रहेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

नेता लेखकले आफ्नो पार्टी प्रतिनिधिसभामा प्रतिपक्षमा भएपनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा चासो राखेको बताए । माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077