Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१ लाख ४० हजार घूस लिँदालिँदै इन्जिनियर रंगेहात पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ४० हजार रुपैयाँ घूससहित एक इन्जिनियरलाई पक्राउ गरेको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहलाई अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस उजुरी परेपछि अख्तियारको टोली खटिएको थियो ।

उनलाई एक लाख चालीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077