Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

३२ अंकले बढ्याे सेयर बजार, ३ अर्ब ७२ करोड रुपैयाँको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार ३२.७२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर २१८२.११ विन्दुमा पुगेको छ ।

बजार ३२ अंकले बढेपनि कारोबार रकममा भने अघिल्लो कारोबारको तुलनामा कमी आएको छ ।

आज २५० कम्पनीका ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँ बराबरको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर ६३ हजार ४३० पटकमा किनबेच भएको छ।

सबैभन्दा धेरै अपी पावर कम्पनीको २३ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

नेप्सेको अनुसार मंगलबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनी क्रमशस् ग्रिन भेन्चर्स, आदर्श लघुवित्त र पिपुल्स हाइड्रोपावर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077