Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

काठमाडौं । देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ ।

कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार विहान साढे १२ बजेदेखि अबरुद्ध भएको हो ।

नेपाल टेलिकमको इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् ।

टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ । टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077