Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो मन्त्रीहरु, स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले मन्त्रीको नाम टुंगो लगाएको छ। सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि मंगलबार बिहान पार्टी सभापति रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो गरेका हुन्।​

आज बिहान बसेको रास्वपा संसदीय दलको बैमठकले दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाएको हो। रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डाक्टर तोसिमा कार्कीलाई पठाउने भएको छ।

उपप्रधानसहित गृहमन्त्रीको रुपमा लामिछाने यसअघि नै सरकारमा सामेल भइसकेका छन्।शिक्षामन्त्री बन्न लागेका खनाल काठमाडौं-६ बाट निर्वाचित सांसद हुन्।

अर्याल भने समानुपातिक सांसद हुन्। स्वास्थ्य राज्यमन्त्री बन्न लागेकी कार्की ललितपुर–३ बाट निर्वाचित सांसद हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077