Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

यती विमान दुर्घटना : दुईजना अझै बेपत्ता, ड्रोनसहित पुनः खोजी सुरु

काठमाडौं । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता भएकामध्ये दुई जनाको अवस्था अझै अज्ञात छ ।

दुर्घटनालगत्तै परिचालन भएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले निरन्तर प्रयास गर्दा पनि दुई वटा शव भेट्न नसकिएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीका अनुसार आज पनि बिहानैदेखि खोजी कार्य सुरु भएको छ । आज ४ वटा ड्रोनसहित सम्भावित ठाउँहरुमा खोजी गरिने प्रहरीले जनाएको छ ।

सोमबार पनि ड्रोन प्रयोग गरी २ जनाको शव पत्ता लगाइएको थियो । दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला परेका थिए ।

आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर७२ जहाज करिव ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077