Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बागमतीमा कार दुर्घटना : श्रीमान नदीमा बेपत्ता, श्रीमतीको उद्धार

काठमाडौं । काठमाडौंको चोभार पुल नजिकैबाट एउटा कार बागमती नदिमा खसेको छ । द्रुतमार्गबाट कीर्तिपुरतर्फ आउँदै गरेको बा.५च ५६५४ नम्बरको कार बागमती खसेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परेर सो कार चालक दक्षिणकाली नगरपालिका–१ खहरे घर भएका राज कुमार लामिछाने बेपत्ता भएका छन् ।

कारमा सवार ३५ वर्षीय अम्बिका लामिछाने (खत्री) गम्भीर घाइते भएकी छन् । अम्बिकाको बल्खुस्थित बयोधा अस्पतालमा उपचार हुँदैछ । उनीहरु दुवैजना श्रीमान श्रीमति रहेको खुलेको छ ।

बेपत्ताको खोजिका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएपनि फेला पार्न सकेनन् । नदीमा बेपत्ता उनको खोजिकार्य आजलाई रोकिएको छ । भोलि बिहान पुनः खोजि गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077