Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

यती जहाज दुर्घटना : मृत्यु हुनेहरूको सम्झनामा देशका विभिन्न स्थानमा दीप प्रज्वलन

काठमाडौं । पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन हुनेहरूको चीर शान्तिको कामना गर्दै देशका विभिन्न ठाउँमा दीप प्रज्वलन गरिएको छ ।

सोमबार काठमाडौंको माइतीघरमा युवाहरूको समूहले विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् ।

त्यस्तै लुम्बिनी, कैलाली र गोरखामा पनि मृतकहरूको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । काठमाडौंबाट आइतबार विहान १० बजेर ३२ मिनेटमा उडेको ९ एन–एएनसी, एटिआर ७२५०० वायुयान अवतरण गर्नेक्रममा दुर्घटनामा परेको थियो ।

विमानमा चालक दलका ४ जना, ३७ जना पुरुष, २५ जना महिला ३ बालबालिका, ३ शिशु, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, एक जना अर्जेन्टिनी, एक जना आइरिस र एक जना फ्रान्सेली नागरिक रहेका थिए । विमान १० बजेर ५० मिनेट जाँदा सेती खोँचमा खसेको थियो ।

सोमबार साँझ थप एक यात्रुको शव भेटिएसँगै मृतकको संख्या ७० पुगेको छ । अझै २ जना यात्रुको अवस्था अज्ञात रहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077