Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

यती जहाज दुर्घटना : सेतीको खोँचबाट थप एक जनाको शव फेला, दुई अझै भेटिएनन्

कास्की । यती एयरलाइन्स विमान दुर्घटनामा परेर बेपत्ता रहेका थप एकजनाको शव फेला परेको छ । योसँगै ७० जनाको शव फेला गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उक्त फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । अब दुई जनाको शव भेटिन बाँकी छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वेपत्ताको खोजी कार्य भोलि गरिने छ ।

शव खोज्न आज ड्रोनको समेत प्रयोग गरिएको थियो । भोलि बिहान ४ वटा ड्रोनसहित सम्भावित ठाउँहरुमा खोजी गरिने प्रहरीले जनाएको छ ।

आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर७२ जहाज करिव ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077