Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चालक दलसहित पहिचान नखुलेका शव मंगलबार काठमाडौं ल्याइने

काठमाडौं । आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनामा मृत्यु पुष्टि भएकामध्ये चालक दलका सदस्य , विदेशी नागरिक र पहिचान नखुलेका शवहरु मंगलबार काठमाडौं ल्याइने भएको छ ।

आज नै उनीहरूको शव काठमाडौं लग्ने तयारी थियो । तर, कमजोर भिजिबिलिटी र शवको व्यवस्थापनमा ढिलाइ भएकाले अब भोलिमात्रै काठमाडौं लगिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

उनीहरूको शव शिक्षण अस्पताल लगिने छ । शव लिनका लागि हेलिकप्टर भने सोमबार नै पोखरा पुगिसकेको छ ।

पोखरामा २४ जनाको शवको मात्र पोस्टमार्टम हुने भएको छ । पोखराको सेती खोँचमा भएको सो विमान दुर्घटनामा ६९ को शव फेला परेको छ । तीन यात्रुको अवस्था भने अझै अज्ञात छ। बेपत्ताको खोजीकार्य जारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077