Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सर्वोच्चलाई रवि लामिछानेको जवाफ : नेपाली होइन भन्नेले विदेशी रहेको प्रमाण पेस गर्न सक्नुपर्छ

    सर्वोच्चलाई रवि लामिछानेको जवाफ : नेपाली होइन भन्नेले विदेशी रहेको प्रमाण पेस गर्न सक्नुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 645
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सांसद पदको योग्यता सम्बन्धी रिटमा लिखित जवाफ पेस गरेका छन् । लामिछानेको तर्फबाट उनका कानुन व्यवसायी अधिवक्ताअफताव आलमले शुक्रबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका हुन् ।

    जवाफमा लामिछानेले २०७० फागुन १० मा अमेरिकाको नागरिकता प्राप्त गरेको र सो नागरिकता २०७५ जेठ ५ मा त्यागेको स्वीकार गरेका छन् । उनले २०७०मा अमेरिकाको नागरिकता लिँदा नेपालको नागरिकता त्याग नगरेको हुँदा नागिकरता पुनः प्राप्ति सम्बन्धी प्रावधान पूरा गर्न नपर्ने भएको उल्लेख गरेका छन् ।



    अन्तरिम आदेशका लागि छलफलमा उनका कानुन व्यवसायीले बहस गरेजस्तै उनले आफ्नो लिखित जवाफमा नागरिकता पुनः प्राप्तिको प्रक्रियामा जानु नपर्ने जिकिर लिएका छन् । उनले आफ्नो नागरिकता सम्बन्धी विवाद करिब पाँच वर्ष अघि नै उत्पन्न भई त्यही बेला निरुपण भएको समेत जनाएका छन् ।



    जवाफमा भनिएको छ,’म लिखितजवाफकर्ता अमेरिकाबाट फर्केपछि न्युज–२४ मा सिधा कुरा जनतासँग भन्ने कार्यक्रममा आवद्ध भई उक्त कार्यक्रम सञ्चालन गर्ने क्रममा करिब ५ वर्ष अघि मेरो नेपाली नागरिकता सम्बन्धमा प्रेस काउन्सिलमा उजुरी पर्दाको क्रममा मैले तत्काल अमेरिकी राहदानी र नागरिकता त्यागेको सूचना मिति २०७५।०३।०६ मा अध्यागमन विभागमार्फत नेपाल सरकार, गृहमन्त्रालयमा पेस गरेको थिएँ ।’

    लामिछानेले जवाफमा प्रतिनिधिसभा सदस्य वा नेपालको राजनीतिक दलको सदस्य हुन नेपाली नागरिक हुन पर्ने व्यवस्था स्वीकार्दै आफू नेपाली नागरिक नै रहेको र नेपालको नागरिकता त्याग नगरेको हुँदा, पुनः प्राप्तिको प्रक्रियमा जानु नपर्ने भन्दै रिट खारेज गर्न माग गरेका छन् ।

    लामिछानेले भनेका छन्,’प्रस्तुत विवादमा निर्विवाद तथ्य के हो भने मैले अमेरिकाको नागरिकता त्यागी सकेको र मेरो साबिककै नेपाली नागरिकता पुनः कायम रहेको छ । तसर्थ, म नेपाली नागरिक होइन भनी प्रश्न उठाउने निवेदकले म विदेशको नागरिक रहेको प्रमाण सम्मानित अदालतमा पेश गर्न सक्नुपर्छ अन्यथा मजस्तो नागरिकको निजी जीवन, म र मेरो देशको सम्बन्धनलाई जोड्ने मेरो नागरिकताको बारेमा झुठो आरोप लगाउन मिल्ने होइन ।’

    संवैधानिक इजलासमा रहेको लामिछानेविरुद्धको रिटमा ११ गते लाई अन्तिम सुनुवाएको पेसी तोकिएको छ । उनले जवाफमा कुनै पनि व्यक्ति नागरिकताबिना रहन सक्छ भन्ने सभ्य समाजले सोच्न पनि नसक्ने बताएका छन् ।

    यस्तो लामिछानेको जवाफ :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार