Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • गृहमन्त्री लामिछानेले भने – अब प्रहरी नेतृत्वका लागि शक्ति केन्द्र धाउनुपर्दैन

    गृहमन्त्री लामिछानेले भने – अब प्रहरी नेतृत्वका लागि शक्ति केन्द्र धाउनुपर्दैन

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 633
    SHARES

    काठमाडौं । प्रदेश प्रहरीको नेतृत्वमा गएका अधिकारीहरूलाई उच्च मनोबलका साथ काम गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।

    गृहमन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेपबिना प्रदेश प्रहरीको नेतृत्वमा कार्यकुशलताका आधारमा जिम्मेवारी हेरफेर गरिएको बताएका हुन् ।



    गृहमन्त्री लामिछानेले पुस २८ मा सातवटै प्रदेश प्रहरीको जिम्मेवारीमा सरुवा भएका डीआईजीहरूलाई सोमबार गृहमन्त्रालयमा निर्देशन दिँदै कुनै राजनीतिक हस्तक्षेपबिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरको बताए।



    गृहमन्त्री लामिछानेले प्रदेश प्रहरीको नेतृत्व सम्हाल्न लागेका डीआईजीहरूलाई दिएका निर्देशनबारे उनको सचिवालयले भनेको छ, अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा व्यक्तिगत विवरण लिएर धाउनुपर्दैन । तपाईंको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ यसैको आधारमा नेतृत्व चयन हुने भएकाले पनि जिम्मेवारी निर्वाहमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

    शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रणलगायत क्षेत्रमा काम गर्न नयाँ जिम्मेवारी पाएका अधिकारीहरूलाई गृहमन्त्रीले भनेका थिए ।

    पुस २८ मा सातवटै प्रदेश प्रहरी प्रमुखमा नयाँ अधिकृतहरूलाई पठाइएको थियो । जसअनुसार प्रदेश १ मा श्यामलाल ज्ञवाली, मधेस प्रदेशमा वसन्त कुँवर, वाग्मती प्रदेशमा दीपक थापा, गण्डकी प्रदेशमा बुद्धिराज गुरुङ, लुम्बिनी प्रदेशमा टेकप्रसाद राई, कर्णाली प्रदेशमा भीमप्रसाद ढकाल र सुदूरपश्चिम प्रदेशमा अशोक सिंहदलाई प्रदेश प्रहरी प्रमुखमा सरुवा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार