Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपाल पाइलटका लागि चुनौती

कास्की । पोखरामा भएको यती एयरलाइन्सको एटीआर ७२-५०० विमानको दुर्घटनापछि नेपालमा उडानको जोखिम बढेको छ । पछिल्लो ३० वर्षमा नेपालमा यो समेत गरी २८ विमान दुर्घटना भइसकेका छन् ।

नागरिक उड्डयन प्राधिकरण २०७६ को सुरक्षा प्रतिवेदनअनुसार नेपालका पहाड विमान चालकका लागि ठूलो चुनौतीका विषय हुन् । यस अतिरिक्त मौसम, व्यवस्थापन, यान्त्रिक गडबडी पनि दुर्घटनाका कारण बन्ने गरेका छन् ।

प्राधिकरणको प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल समुद्र सतहभन्दा १ हजार २ सय ३८ मिटर माथि छ । नेपालमा विमानहरूलाई मोड्नका लागि धेरै कम स्थान मिल्छ । नेपालको पूर्वोत्तरस्थित लुक्लाको विमानस्थल विश्वकै सबैभन्दा खतरनाक विमानस्थलमध्ये एक मानिन्छ ।

यस विमानस्थललाई सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ। विमानस्थलको रनवे पहाडहरूबीचको एक चट्टानलाई काटेर बनाइएको हो । लुक्ला हवाई अड्डाको रनवेको एक छेउमा विशालकाय पहाड र अर्कोतिर खाँच रहेको छ । यस्तोमा केवल अल्ट्रा ट्रेन्ड पाइलटहरूले मात्रै विमान अवतरण गर्न सक्छन् र उनीहरूलाई मात्रै विमान चलाउन दिइन्छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077