Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

विमान दुर्घटनामा हराइरहेकाको खोजी पुनः सुरु, शव आफन्तलाई बुझाउने तयारी

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धार कार्य आज बिहानैदेखि सुरु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार आज बिहानैदेखि उद्धार कार्य थालिएको हो ।

हिजो बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो ।

हिजो दिनभरि नै उद्धारकार्य गरिएको थियो रात परेपछि उद्धारकार्यमा कठिनाइ भएकाले आज बिहानदेखि थाल्ने गरी स्थगित गरिएको थियो । यस्तै पहिचान भएका पोखरा र आसपासका व्यक्तिको शव आज पोखरामा नै आफन्तको जिम्मा लगाउने लगाउने तयारी छ ।

काठमाडौंका, आफन्त काठमाडौं नै भएका र विदेशी यात्रुका शवलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याउने तयारी छ । प्रहरीका अनुसार धेरैजसो शवहरु पहिचान गर्न नसकिने अवस्थामा छन् ।

उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । त्यसमध्ये हालसम्म ६९ शव फेला परेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ । ३ जनाको अझै अज्ञात छ । अहिलेसम्म ११ जनाको शव सनाखत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077