Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • एटिआर–७२ दुर्घटना : उद्धार कार्य सोमबार बिहानसम्मका लागि स्थगित

    एटिआर–७२ दुर्घटना : उद्धार कार्य सोमबार बिहानसम्मका लागि स्थगित

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 858
    SHARES

    काठमाडौं । पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा हराएकाहरूको सोमबार बिहानबाट खोजी कार्य हुने भएको छ ।

    रातको समयमा सो कार्यलाई निरन्तरता दिन कठिन भएकोले सोमबार बिहानैदेखि खोजी कार्य सुचारु गर्ने गरी फौज घटनास्थलमै रहेको नेपाली सेनाले जनाएको हो ।



    विमान दुर्घटना भएको खबर पाएपछि नेपाली सेनाको टोली घटना स्थलमा परिचालन भएको थियो। उद्धारमा करिब २ सय सेनाका फौज खटिएका थिए।



    जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य गरिएको सेनाले जनाएको छ। जहाजमा ४ चालक दलसहित ७२ जना सवार थिए ।

    जसमध्ये ६९ जनाको शव फेला परिसकेको छ। तीन जनाको शव अझै पनि अज्ञात छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकका अनुसार दुई इन्जिन जहाज दुर्घटनामा अहिलेसम्मकै धेरैको ज्‍यान गुमेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार