Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

यती विमान दुर्घटना : आन्तरिक उडानतर्फ अहिलेसम्मकै ठूलो मानवीय क्षति

काठमाडौं । पोखरामा आज भएको यती एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ।

आइतबार बिहान काठमाडौंबाट साढे १० बजे उडेको ९ एन-एएनसी जहाज पोखरा महानगरपालिका-१५ स्थित सेतीको खोँचमा दुर्घटना भएको हो । उक्त जहाज १०ः५० मा दुर्घटना भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकका अनुसार दुई इन्जिन जहाज दुर्घटनामा अहिलेसम्मकै धेरैको ज्‍यान गुमेको हो । जहाजमा ४ चालक दलसहित ७२ जना सवार थिए। जसमध्ये ६९ जनाको शव फेला परिसकेको छ। तीन जनाको शव अझै पनि अज्ञात छ।

नेपालमा योसहित दुई इन्जिजका ५० वटा जहाज दुर्घटनामा परिसकेका छन्। यसअघि जहाज दुर्घटनामा सबैभन्दा धेरै ३५ जनाको मृत्यु भएको थियो । १९६९ जुलाइ १२ मा नेपाल एयरलाइनसको जहाज हेटौंडा नजिकै दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले उद्धार तथा खोजतलासको काम गरिरहेको छ । नेपालमा ७२ यात्रु क्षमताको एटिआर विमान दुर्घटना भएको यो पहिलो घटना भएको बताइएको छ।

उक्त विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए। जहाजमा नेपाली ५३, भारतीय नागरिक पाँच, रसियन चार, आयरल्यान्डका एक, अस्ट्रेलियन एक, अर्जेन्टिनी एक, कोरियन दुई, फ्रान्सेली एक गरी ६८ यात्रु थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077