Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • यती विमान दुर्घटना

    बिदा मनाउन घर हिँडेका डा. श्रेष्ठ छोरा र श्रीमतीसँगै कहिल्यै नफर्किने गरी अस्ताए

    बिदा मनाउन घर हिँडेका डा. श्रेष्ठ छोरा र श्रीमतीसँगै कहिल्यै नफर्किने गरी अस्ताए

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 1K
    SHARES

    काठमाडौं । पोखरामा आइतबार बिहान जहाज दुर्घटनामा दुई चिकित्सकले पनि ज्यान गुमाएका छन् । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारकको मृत्यु भएको हो ।

    उनीहरुका १० महिनाको छोराको पनि मृत्यु भएको छ । श्रेष्ठ अर्थोपेडिक तथा स्पाइनल सर्जन हुन् । उनी ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए ।



    उनीहरु आफ्नो बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउन गएका थिए । डा. दिवारक भने बच्चा जन्मिएपछि काम छाडेर बसेकी थिइन् । उनी एमडी अध्ययनको तयारीमा थिइन् ।



    श्रीमती र १० महिने काखे छोरासहित काठमाडौंको व्यस्त र कोलाहल दैनिकीबाट ‘रिफ्रेस’ हुन उनी बिदामा पोखरा हानिएका थिए। हर्षोउल्लासका साथ माघे संक्रान्ति मनाउन उनीहरु विमान चढेका थिए । तर, १० महिनाको बच्चासहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने उनीहरुको सपना सेतीको खोँचमा टुट्यो। हजारौं बिरामीका भाँच्चिएका हड्डी जोड्ने सपना बोकेका डा. श्रेष्ठको आफ्नै हड्डी चिन्न नसक्ने अवस्थामा जलेर नष्ट भएका छन् ।

    पोखरा घुम्न जाने भएपछि उनले हिजो शनिबार पनि काम गरे । त्यसपछि दुई दिनको बिदा स्वीकृत भएको थियो । तर उनी अब कहिल्यै पनि नफर्किने गरि अस्ताए । दुर्घटनामा परेका ७२ मध्ये नागरिक उड्डयन प्राधिकरणले ६९ जनाको मृत्यु पुष्टि गरेको छ ।

    शव भेटिएकामध्ये ११ जनाको सनाखन भइसकेको छ । पोखराको विमानस्थल नजिकै सेती नदी खोँचमा यतीको ९एन–एएनसी एटीआर७२ जहाज दुर्घटना भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार