Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

यती एयरलाइन्सका सोमबार तय भएका सबै उडान रद्द

काठमाडौं । यती एयरलाइन्सले सोमबार हुने तय भएका सबै उडान रद्द गरेको छ ।

आइतबार बिहान पोखरामा विमान दुर्घटनामा परेपछि एयरलाइन्सले आइतबार साँझ एक सूचना जारी गर्दै भोलिका लागि तय भएका सबै नियमित उडान रद्द गरेको जनाएको हो ।

तर, आपत्कालीन र उद्धारका उडान भने जारी नै रहने एयरलाइन्सले जनाएको छ ।

दुर्घटनामा परेका ७२ मध्ये नागरिक उड्डयन प्राधिकरणले ६९ जनाको मृत्यु पुष्टि गरेको छ । शव भेटिएकामध्ये ११ जनाको सनाखन भइसकेको छ ।

पोखराको विमानस्थल नजिकै सेती नदी खोँचमा यतीको ९एन–एएनसी एटीआर७२ जहाज दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077