Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

यती जहाज दुर्घटना : मृतकको शव सोमबार परिवारलाई बुझाइने

काठमाडौं । यती एयरको विमान दुर्घटनामा मृत्यु भएकाको शव सोमबार आफन्तलाई जिम्मा लगाइने भएको छ । आज संकलन भएका सबै शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने तयारी छ । पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ ।

त्यसका लागि शवको डीएनए भोलि नै काठमाडौं पठाइने बताइएको छ । ६८ यात्रुसहित ७२ जना सवार विमान आइतबार पोखरामा दुर्घटना भएको थियो ।

पोखराको विमानस्थल नजिकै सेती नदी खोँचमा यतीको ९एन–एएनसी एटीआर७२ जहाज दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077