Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिममा सभामुख निर्वाचनको समय तोक्न सर्वदलीय बैठक सुरु

धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुखको निर्वाचन समय तोक्न सर्वदलीय बैठक सुरु भएको छ ।

अनिश्चित समय सम्म स्थगित गरिएको बैठक बारे छलफल गर्न सर्वदलीय बैठक सुरु भएको हो ।

ज्येष्ठ सदस्य शिवराज भट्टले बोलाएको सर्वदलीय बैठकले अन्योलमा रहेको सभामुख निर्वाचनको समय निर्धारण गर्ने छ ।

सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । विहीवार दुवैले बहुमत ल्याउन नसकेपछि शुक्रबार पुन निर्वाचन गर्ने भनिएको थियो । हिजो दिनभर बैठक बस्न सकेन ।

प्रदेश सभा सहभागी सबै दलका प्रतिनिधिहरू बैठकमा उपस्थित छन् ।उनीहरुको सहमतिका आधारमा सभामुख निर्वाचनको मिति तोक्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077