Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशसभा सभामुखका लागि आज पुनः मतदान हुँदै

कैलाली । सुदूरपश्चिम प्रदेशमा सभामुख पदको लागि आज फेरि मतदान हुने भएको छ । बिहीबार भएको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज फेरि चुनाव हुन लागेको हो ।

सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । हिजो भण्डारीले २६ र रावलले २३ मत पाउनु भएको थियो । ५३ सदस्यीय प्रदेश सभामा सभामुख चयनका लागि २७ मत आवश्यक पर्छ ।

सत्ता पक्षकै एक सांसदको मत बदर भएकाले भण्डारी हिजो सभामुखमा चयन हुन सक्नु भएको थिएन । भण्डारीले माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति र राप्रपाको कुल २९ मत पाउनु पर्नेमा दुई सांसद अनुपस्थित रहे भने एक मत बदर भएको थियो ।

रावललाई कांग्रेस, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थन रहेको थियो । बिहीबार कसैको पनि २७ मत नपुगेपछि आज ११ बजे चुनाव हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077