Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भ्रातृ संगठनलाई पूर्णता दिने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघसहित पार्टीका प्रमुख भ्रातृ संगठनहरूको केन्द्रीय समितिलाई तत्काल पूर्णता दिने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा भएकाले नेपाल विद्यार्थी संघ केन्द्रीय समितिलाई तत्काल पूर्णता दिने निर्णय गरेको हो। अन्य भ्रातृ संगठनका केन्द्रीय समितिलाई पनि अविलम्ब पूर्णता दिन पार्टी पदाधिकारी सहमत भएका छन् ।

भ्रातृ संगठनका केन्द्रीय समितिलाई कसरी पूर्णता दिने भन्नेमा कुनै छलफल नभएको बैठकमा सहभागी एक पदाधिकारीले बताए। ‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आएकाले नेवि संघलाई तत्काल पूर्णता दिनुपर्छ भन्ने भएको छ,’ बैठकमा सहभागी ती पदाधिकारीले भने, ‘नेवि संघसहित भ्रातृ संगठनलाई पूर्णता दिने विधि भने बनेको छैन। कसैलाई जिम्मेवारी पनि तोकिएको छैन।’

२०७८ फागुन पहिलो साता बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले कार्यकाल सकिएका भ्रातृ संगठनका केन्द्रीय समिति भंग गरेको थियो। त्यो बैठकले नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समिति भंग गरेको थियो। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077