काठमाडौं । नेकपा एमाले छाडेर स्वतन्त्र उमेदवारका रुपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् ।
शुक्रबार दिउँसो २ बजे एक कार्यक्रम गरी भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।
भुसालको स्वागतका लागि एकीकृत समाजवादीले आज दिउँसो २ बजे नयाँ बानेश्वरको अर्याल होटेलमा कार्यक्रम राखेको छ ।
ब्यानरमा भने ‘घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने स्वघोषणा गर्ने कार्यक्रम’ राखिएको छ ।