Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपक मनाङे भन्छन् - सरकारलाई विश्वासको मत दिन्न, प्रतिपक्षमा बसेर रचनात्मक काम गर्छु

काठमाडौं । गण्डकीमा प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएका छन् ।

नेकपा एमालेका नेता खगराज अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दावी पेश गर्दा समर्थन दिएका उनले बिहीबार आफू प्रतिपक्षमा बस्ने बताएका हुन् ।।

उनले सत्तापक्षलाई बहुमते पुगेकाले आफूले मत दिइरहन आवश्यक नहरेको बताएका छन् । साथै उनले आफू प्रतिपक्षमा बसेर रचनात्मक गर्नेसमेत बताएका छन् ।

'सरकार बनाउन आवश्यक बहुमत पुगेकाले सरकारमा जानु भन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको छु,' बिहीबार फेसबुकमा मनाङेले भनेका छन् । मुख्यमन्त्री अधिकारीले शुक्रबार (भोलि) विश्वासको मत लिँदै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077