Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • एक मत बदर हुँदा सुदूरपश्चिमको सभामुख बन्नबाट रोकिए भीम

    एक मत बदर हुँदा सुदूरपश्चिमको सभामुख बन्नबाट रोकिए भीम

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 657
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेश सभाको सभामुख बन्नबाट सत्तापक्षका भीम भण्डारी रोकिएका छन् । सत्ता गठबन्धनकै सांसदको मत बदर हुँदा भण्डारी सभामुख बन्नबाट रोकिएका हुन् । बिहीबार बसेको प्रदेश सभाको बैठकले सभामुख पदका लागि निर्वाचन गराएको थियो ।

    जसमा प्रतिपक्ष दल कांग्रेसका मानबहादुर रावल र सत्ता पक्षका तर्फबाट माओवादीका भीम भण्डारीले सभामुख पदका लागि मनोनयन दर्ता गराएका थिए । सभाको अध्यक्षता गरिरहेका शिवराज भट्टका अनुसार एक जना सांसदले उम्मेदवार बाहेकको नाम रहेको कोठामा मत दिएका हुन् ।



    सुदूरपश्चिममा हाल कायम सम्पूर्ण प्रदेश सभा सदस्यको संख्या ५३ जना छ। सभामुख हुन उम्मेदवारले कम्तीमा २७ मत ल्याउनुपर्छ। बिहीबार सभामा निर्वाचन हुँदा सुरूमा कांग्रेसका रावलले २३ मत र भण्डारीले २७ मत पाएका थिए ।



    दोस्रो प्रस्तावका रूपमा माओवादीका भण्डारीलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २६, विपक्षमा २३ र एक मत बदर भयो । आजको निर्वाचनमा एमालेका सांसद चक्र मल्ल बैठकबाट बाहिर निस्किएका थिए ।

    तर पछि जनाउ घण्टी बजेपछि उनलाई प्रवेश गर्न दिइएको थिएन् । त्यस्तै, नागरिक उन्मुक्तिका लक्षमण किशोर चौधरी भने उपस्थित नै भएनन् । अर्को बैठक शुक्रबार बिहान ११ बजे डाकिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार