Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठक : सभामुखबारे अन्य दलहरुसँग छलफल गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठकले सभामुख निर्वाचनबारे अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको पार्टी शीर्ष नेताहरुको बैठकले सरकारमा भएका र नभएका सबै दलसँग छलफल गर्ने निर्णय गरेको हो ।

बैठकपछि पार्टी सहमहामन्त्री बद्री पाण्डेले भने,'सभामुख र उपसभामुखमा उम्मेदवारीबारे दलहरुसँग छलफल गरेर निर्णयमा पुग्छौं । सभामुख र उपसभामुख निर्वाचन सन्दर्भमा प्रदेशहरुको हकमा प्रदेश कार्य समितिले निर्णय गर्छ ।’

बैठकले अन्य दलहरुसँग छलफल र समन्वयन गर्ने जिम्मेवारी पार्टीसभापति देउवालाई दिएको छ। सभामुखको निर्वाचन माघ ५ गते हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077