Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशसभाको बैठक दोस्रो पटक स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशसभा बैठक १ घण्टाका लागि स्थगित गरिएको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलको शपथग्रहण कार्यक्रम भएकाले १ घण्टाको लागि बैठक स्थगित गरिएको हो।

सभामुख पदका लागि सत्ता गठबन्धन दलको तर्फबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसको तर्फबाट मानबहादुर रावल उम्मेदवार बनेका छन्।

दुई जनाको उम्मेदवारी परेकाले निर्वाचनमार्फत् चयन गर्न लागिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ। ५३ सदस्यीय प्रदेश सभामा सभामुखमा विजयी हुन कम्तीमा २७ मत ल्याउनुपर्छ।

उपसभामुखका लागि निर्वाचनको मिति तय भएको छैन। यहाँ उपसभामुख सत्ता गठबन्धनको सहमति अनुसार नागरिक उन्मुक्ति पार्टीलाई दिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077