काठमाडौं । एमाले छाडेर माओवादीको समर्थनमा उम्मेदवार बनेका वामपन्थी नेता घनश्याम भुसाल शुक्रबार पत्रकार सम्मेलनमार्फत नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।
शुक्रबार अपरान्ह भुसालले आफूनिकट केही एमाले कार्यकर्तालाई समेत नेकपा एसमा सामेल गर्ने भएका छन् ।
भुसाललाई स्वागत गर्न नयाँ बानेश्वरस्थित हाेटल अर्यालमा कार्यक्रम गरिँदै छ ।
भुसाल तत्काल नेकपा एसको सचिवालय सदस्यमा मनोनित हुने र केही समयपछि महासचिव बन्ने समझदारी बनेको नेकपा एसका नेताहरुले बताएका छन् ।
एमाले स्थायी कमिटी सदस्य रहेका भुसालले मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि नेकपा एमाले परित्याग गरी रुपन्देही १ बाट स्वतन्त्र चुनाव लडेका थिए । ।
तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले समर्थन गरे पनि उनले चुनाव जित्न सकेनन् । उनले चुनाव नेकपा एमालेका सचिव छबिलाल विश्वकर्मासँग हारेका थिए ।