Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • आजदेखि टेलिकमको ‘विन्टर अफर’ लागू हुने

    आजदेखि टेलिकमको ‘विन्टर अफर’ लागू हुने

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 618
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले आजदेखि लागु हुने गरी विन्टर अफर उपलब्ध गराउने भएको छ ।

    कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर ‘विन्टर अफर’ उपलब्ध गराउन लागेको हो ।



    विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई रु एक सय ९९ देखि रु छ सय ९९ सम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याक उपलब्ध छन् ।



    यस अफरअन्तर्गत रु छ सय ९९ मा २८ दिनका लागि कूल २८ जिबी डाटा (दैनिक एक जिबी), दैनिक एक सय मिनेट कुराकानी गर्ने र दैनिक सय सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यीबाहेक पहिलादेखि नै उपलब्ध अफरलाई निरन्तरता दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार