Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्र प्रहरीको हत्या गरी फरार रहेका सांसदले गृहमन्त्रीकै अगाडि गरे मतदान

काठमाडौं । हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले गृहमन्त्री रवि लामिछानेकै अगाडि सरकारलाई विश्वासको मत दिएका छन् ।

कोइरीलाई पक्राउ गर्न प्रहरीले खोजी रहेको भएपनि गृहमन्त्री रविकै अगाडि उनले मंगलबार प्रतिनिधिसभामा उपस्थित भएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई मतदान गरेका हुन् ।

प्रस्तावको पक्षमा मतदान गर्न उभिएका महतोले गृहमन्त्रीकै अगाडि पुस्तिकामा हस्ताक्षर गरेका थिए । गृहमन्त्री लामिछाने पनि प्रस्तावको पक्षमा मतदान गर्न उभिएका थिए । तर उनलाई प्रहरीले पक्राउ गरेन । महतो सशस्त्रका असइ थमन विकको हत्यामा फरार सूचीमा छन् ।

महोत्तरी-१ बाट निर्वाचित कोइरी ०७२ को मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् । २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

उक्त घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो  । तर पुनरावेदनपछि उच्च अदालत जनकपुरले पुनः पक्राउ गर्न आदेश दिएपछि उनी फरार अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077