Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • आगो ताप्‍ने क्रममा जलेर वृद्धाको मृत्यु

    आगो ताप्‍ने क्रममा जलेर वृद्धाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 705
    SHARES

    फाइल तस्विर

    झापा । झापाको कचनकवलमा आगो ताप्ने क्रममा एक वृद्धाको जलेर मृत्यु भएको छ।

    मृत्यु हुनेमा कचनकवल गाउँपालिका-१ स्थित कुटी निवासी ७० वर्षीया वृद्धा हेम प्रभा माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।



    प्रहरीका अनुसार आइतबार बिहान साढे १० बजे अत्यधिक चिसोका कारण वृद्धा माझी घर बाहिर पराल बालेर आगो ताप्दै थिए। सोही क्रममा अचानक उनको शरीरमा आगो लागेको थियो।



    आगो लागेर उनको शरीरको विभिन्न भाग जलेर गम्भीर घाइते भई तत्काल उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो।

    उनको सोही अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार