Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा प्रदीप पौडेलको पनि असहमति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कांग्रेस कार्यसम्पादन समितिको निर्णयमा नेता प्रदीप पौडेलको असहमति जनाएका छन्।

कांग्रेस संसदीय दलको बैठकमा उनले असहमति जनाएका हुन्। विश्वासको मत दिइसकेपछि नैतिक रूपमा प्रतिपक्षमा बस्न नमिल्ने उनको तर्क छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी र प्रदीप पौडेलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति राखेका हुन्।

केन्द्रीय कार्यसम्पादन समितिको निर्णय लगत्तै संसदीय दलको बैठक राखेर सुनाइएको थियो।

नेपाली कांग्रेसमा कडा प्रतिपक्षी भएर बस्नुपर्ने भन्दै नेतृत्वको खबरदारी गर्ने आवाज उठिरहेको छ।

संसदीय दलले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। कांग्रेसबाट प्रतिनिधि सभामा ८९ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077