Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनमा श्रीमान् -श्रीमती झुण्डिएको अवस्थामा मृत फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

भरतपुरको वडा नं २९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् ।

अहिले प्रहरी घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गर्ने र अनुसन्धान गरिरहेको छ ।

मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमती मारेर आफू झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । प्रेमबहादुर ज्याला मजदुरी गर्दथे भने, श्रीमती गृहणी थिइन् । उनीहरुको एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077