Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सरकारलाई विश्वासको मत दिने/नदिने निर्णय लिन कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज मंगलबार विहान बस्दैछ ।

विहान ८ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको तर्फबाट विश्वासको मत दिने या नदिनेबारे निर्णय हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले सोमबार साँझ सभापति शेरबहादुर देउवासहित नेतासँग देउवा निवास धुम्बाराहीमा भेट गरेका थिए । सो भेटमा विश्वासको मत दिन आग्रह उनले गरेका थिए ।

सभापति देउवाले पार्टीमा छलफल गरेपछि त्यसबारे निर्णय लिने आश्वास दिएका थिए । प्रधानमन्त्री ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077