Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका आईजीपी अर्यालको निर्देशन - पेशागत जिम्मेवारीमा रहि इमान्दारिताका साथ काम गर्नू

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई पेशागत जिम्मेवारीमा रहि ईमान्दारिताकासाथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १४ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिमको सोमबार अन्तिम प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् ।

उनले राज्यले सुम्पिएको जिम्मेवारी पुरा गर्नु हामी सबैको दायित्व रहेको बताउँदै सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु आफ्नो जिम्मेवारीको क्षेत्रहरुमा खटिदा राष्ट्र र नागरिकले अपेक्षा लिए अनुरुपको कार्यसम्पादन गरी संगठनको लक्ष्य प्राप्तितर्फ लाग्नुपर्ने बताए ।

उनले दर्जासँगै बढेको जिम्मेवारीलाई उच्च अनुशासित र ईमान्दार भई जिम्मेवारी पुरा गर्न कुनै पनि हालतमा विचलित नभई कार्यक्षेत्रमा परिस्थिती अनुसार देश र जनताको सेवा, सुरक्षा तथा आपत विपद्मा परेकाहरुको उद्धार कार्यमा लाग्नुपर्ने बताउँदै प्रतिष्पर्धात्मक युगमा समयसापेक्ष आफूलाई परिवर्तन गरी एउटा कर्तव्यनिष्ठ अधिकृतको रुपमा उभ्याउँदै सदैव मुलुक र मुलुकवासीको सेवामा समर्पित रहन निर्देशन दिए ।

महानिरीक्षक अर्यालले कार्यक्षेत्रमा आईपर्ने जस्तोसुकै चुनौतीहरुलाई सामना गर्दा चेनअफ कमाण्डमा रहि कार्य गर्नुपर्ने बताउँदै संगठनको कार्यादेश अनुरुप विभिन्न दर्जागत तहमा तालिम संचालन गरी संगठनलाई प्राप्त जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्नुकासाथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरुमा कुशलतापूर्वक कार्यसम्पादन बहन गर्नसक्ने सक्षम एवं पेशागत दक्ष जनशक्ति उत्पादनको लक्ष्य लिई तालिमहरु संचालन गर्दै आइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077