Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • गृहमन्त्री लामिछानेले भने – कहीँकतै चुक्यौ भने पद र कुर्सीमा झुन्डिने छैनौँ

    गृहमन्त्री लामिछानेले भने – कहीँकतै चुक्यौ भने पद र कुर्सीमा झुन्डिने छैनौँ

    'भ्रष्टाचारी जोगाउन दबाब नदिनूहोला'

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 525
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनतासँग गरेको बाचा पूरा गर्न सरकारमा गएको प्रस्ट पारेका छन् ।

    सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्ने दाबी गरेका हुन् ।



    लामिछानेले भने, ‘कुनै काण्डहरूमा हामी मुछिनेछैनौँ । म बाचा गर्न चाहन्छु, मुलुक र मुलुकवासीका लागि हामीले हिजो गरेका बाचाहरू पूरा गर्न तयार भएर आएका छौँ । कुनै पनि दिन तपाईँहरूले हामीलाई साथ दिएका कारणले, हाम्रा सांसदहरूका कारणले आफ्नो शिर झुकाउनुपर्ने छैन ।’



    कामहरूले सुरुवात भैसकेको भन्दै लामिछानेले आफ्नो पार्टी र आफूमाथि समेत लाग्दै आएका आरोपहरूको सफाइ दिने प्रयास गरे।

    गृहमन्त्री लामिछानेले आफू र आफ्नो दलले गल्ती गरे पदमा टाँसिएर बसिरहने पक्षमा नरहेको पनि पटकपटक दोहोर्‍याए ।

    उनले भ्रष्टाचार र आपराधिक गतिविधिमा संलग्नहरुलाई छुटाउनका लागि कुनै पनि दबाब र प्रभाव पार्नेगरी दबाब नदिन पनि आग्रह गरे ।

    उनले आफू र आफ्नो दलमा सम्वद्ध सांसदहरुले भ्रष्टाचारलगायतका नागरिकहरुलाई दुःख दिने कुनै पनि काम नगर्ने र गरिहाले उनीहरुमाथि कडा कारबाही गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

    वर्तमान सरकारको आफ्नो कार्यकाल सफल हुने र त्यसलाई सफल बनाउनका लागि आफू र आफ्नो पार्टीले इमान्दारिताका साथ योगदान पुर्‍याउने दावीसमेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार