Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रञ्जिता श्रेष्ठले भनिन् - टिकापुर घटना बन्द कोठामा घटाइएको थिएन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटना बन्द कोठामा घटाइएको घटना नभएको बताएकी छन् ।

निर्वाचन पछिको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै सांसद चौधरीले निर्दोष चौधरीलाई थारु भएकै कारण मुद्दा लगाइएको आरोप लगाइन्।

चौधरीले भनिन्,‘टिकापुर घटना बन्द कोठामा घटाइएको घटना थिएन । माननीय रेशम चौधरीलगायतलाई झुठा मुद्दा लगाइयो । यो राज्यले थारु भएकै कारण रेशम चौधरीलाई मुद्दा लगायो । हाम्रो देशको कानुन त खाली थारुहरुलाई मात्रै लाग्दो रहेछ । ’

चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरिन्। टिकापुरका राजबन्दी परिवारले न्याय नपाएसम्म संसद्मा लडिरहने बताए ।

उनले शीर्ष राजनीतिक दलका नेताहरुले समेत रेशम चौधरी निर्दोष भनिसकेको स्मरण गराइन्। उनले रेशम चौधरीको रिहाइका लागि माग गरिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077