Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारलाई डा. गोविन्द केसीको प्रश्न- अपराधीको स्थान कहाँ हो ? पार्टीमा हाे कि जेलमा ?

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुरकी निर्मला कुर्मीलाई बेपत्ता बनाइएको घटना छानबिन गर्न सरकारले चासो नदेखाएको भन्दै अधिकारकर्मीहरूले लालटिन बालेर विरोध प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनका क्रममा  महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, राष्ट्रपतिज्यू महिलाहरू सुरक्षित हुने कहिले ? महिलाको बाँच्न पाउने अधिकार खोइ, के महिला एकल हुनु पाप हो ? लगायतका प्लेकार्ड बोकेर सांकेतिक विरोध जनाएका छन्।

विरोध कार्यक्रममा बोल्दै डा. गोविन्द केसीले अपराधीलाई कारबाही गर्ने भनेको एक वर्ष बितिसक्दासमेत सरकारले अपराधीलाई अनुसन्धानको कठघरामा समेत उभ्याउन नसकेको अरोप लगाए।

उनले भने, ‘कारबाही गर्ने भनेको एक वर्ष भइसक्यो तर अहिलेसम्म अनुसन्धानका लागि कठघरामा समेत लगिएको छैन । उल्टो टिकट दिएर सांसद बनाइएको छ । अपराधीलाई कारबाही गर्ने ठाउँमा सांसद बनाउने भनेपछि अपराधीको स्थान कहाँ हो र? पार्टीमा हो कि जेलमा हो ?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077