Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार २० अंकले बढ्यो, ५ अर्ब ४५ करोड रुपैयाँको कारोबार

काठमाडौं । सेयर बजार आज आइतवार २० अङ्कभन्दा धेरैले बढेको छ ।

सेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६८ अङ्कले बढेर दुई हजार एक सय ६४ दशमलव ६२ विन्दुमा पुगेको छ ।

यस्तै कारोबार रकममा पनि उच्च बढोत्तरी भएको छ । आज २५९ कम्पनीको ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ४१ लाख कित्ता सेयर ७५ हजार ४६५ पटकमा खरिद बिक्री भएको छ।

बजार २० अंकले बढ्दा कारोबार भएका १३३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको सेयर मूल्य घटेको छ।

समग्रमा बजार बढे पनि बुद्धभूमि हाइड्रो, विन नेपाल लघुवित्त र सृजनशील लघुवित्त कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

खप्तड लघुवित्त र बाराही हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077