Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विशेष अदालतको फैसला चित्त नबुझेपछि ८ मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएका फैसलामाथि चित्त नबुझेको भन्दै ८ वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका घुसर रिसवत र शैक्षिक प्रमाणपत्र नक्कलीसम्बन्धी ८ वटा मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

रामविश्वास राय यादव,कुमार यादव,धनबहादुर तामाङ,रामान्द चौधरी,कुमारी साउद,लालु गिरी,देवजंग शाही,सिकन्दर प्रसान कानु र प्रा.डा.राजकुमार रौनियार र रामहरि रौनियारको मुद्दामा पुनरावेदन गरेको अख्तियारले जनाएको छ।

पुनरावेदन दिएकामध्ये ७ वटा घुस रिसवतसम्बन्धी मुद्दा छन् भने एउटा झूटो विवरण पेश गरी ओहोदा ग्रहण गरेकोसम्बन्धी छ । पछिल्लो समय अख्तियारले यस्तै धेरै मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077