Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • कुर्मी मृत्यु प्रकरण : आन्दोलन छोडेर अनुसन्धानमा सघाउन गृहमन्त्रीको आग्रह

    कुर्मी मृत्यु प्रकरण : आन्दोलन छोडेर अनुसन्धानमा सघाउन गृहमन्त्रीको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 687
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघरमा चरणवद्ध आन्दोलनमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सघाउन आग्रह गरेका छन् ।

    सरकारले उक्त घटनाबारे संवेदनशील भएर छानबिन अघि बढाउनुका साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले विशेष टोली परिचालन गरि घटनाबारे छानविन गरिरहेकाले धर्ना र आन्दोलनका सबै गतिविधि छोडेर छानबिनका लागि सहयोग गर्न गृहमन्त्री लामिछानेले आग्रह गरेका हुन् ।



    गृहमन्त्री लामिछानेले भने, ‘मन्त्री भइसकेपछि धर्नामा रहनु भएकी रुबी खानलाई दुई पटक टेलिफोन सम्पर्क गरेर घटनाबारे सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सघाउन भनेका थियौँ ।’



    आइतबार माइतीघर मण्डलमा निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणका दोषीलाई कारबाही गरी पीडितलाई उचित न्याय दिन भन्दै अधिकारकर्मीहरूले  लालटिन बालेर अधिकारकर्मीहरूले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार