Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बृहत बाम एकताका लागि माओवादी केन्द्रले बनायो ५ सदस्यीय कार्यदल

    बृहत बाम एकताका लागि माओवादी केन्द्रले बनायो ५ सदस्यीय कार्यदल

    अनलाइन नेपाल
  • शनिबार, २३ पुष २०७९
  • 894
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वृहत् वाम एकताको पहल गर्नका लागि पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा कार्यदल गठन गरेको हो ।



    समितिमा महासचिव देव प्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणी पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत रहने निर्णय भएको प्रवक्ता महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



    एउटै चुनाव चिह्नमा चुनाव लडेका नेपाल समाजवादी पार्टी (नेसपा) र माओवादीबीच पार्टी एकताको पहल भइरहेको छ भने नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि ‘विचार मिल्नेहरुसँग पार्टी एकता गर्न’ भन्दै कार्यदल बनाएको छन् ।

    यही बेला माओवादीले पनि उपाध्यक्ष महराको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको हो । त्यस्तै, आज बसेको बैठकले प्रचण्ड नेतृत्वको सरकारका प्रधानमनत्रीलाई पुस २६ गते विशवासको मत दिन सबै दल तथा स्वतन्त्र सांसदहरुलाई पार्टीको तर्फबाट आह्वान समेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार