Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इन्धनमा कालोबजारी गरेको आरोप, आयल निगमका सञ्चालकविरुद्ध जाहेरी

काठमाडौं । नेपाल आयल निगमका सञ्चालकविरुद्ध कालोबजारी कसुर गरेको आरोपमा जाहेरी परेको छ ।

निगमका सञ्चालक समितिका पदाधिकारीहरुविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा जाहेरी दिएको हो ।

मञ्चले निगमका प्रवन्ध निर्देशक तथा सञ्चालक समितिका सदस्य उमेश थानी समेतका सञ्चालकविरुद्ध जाहेरी दर्ता गरिएको जानकारी दिए । ब्यूरोले जाहेरी दर्ता गर्दै अनुसन्धान अघि बढाइने जनाएको छ । इन्धनमा २० प्रतिशतभन्दा बढी नाफा राखेर कालोबजारी गरेको भन्दै मञ्चले जाहेरी दर्ता गराएको हो ।

मञ्चका तर्फबाट सचिव तथा अधिवक्ता जयप्रसाद पौडेलले जाहेरी दर्ता गराएका छन् । कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनको कसुरमा अपराध गरेको भन्दै निगमविरुद्ध जाहेरी दिइएको हो।

निगमले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा २(क), घ र ढ को कसुर अपराध गरी पुस १ देखि १५ दिनभित्र मात्रै पेट्रोलियम पदार्थमा उपभोक्तासँग कालोबजारी मार्फत १ अर्ब ३३ करोड रुपैयाँ नाफा उठाएको मञ्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077